किरण गजमेर र अस्मिता अधिकारीको 'आकाशको जून'

नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता निर्देशक दीपक श्रेष्ठ करिब सात वर्षको विश्रामपछि फेरि निर्देशन क्षेत्रमा फर्केर सक्रिय रूपमा अगाडि बढिरहेका छन्। यस क्रममा उनी घिन्ताङ नामक फिल्म निर्माण र निर्देशन गरिरहेका छन् भने सँगसँगै म्युजिक भिडियोहरू पनि निर्देशन गरिरहेका छन्।
यसै क्रममा उनको निर्देशनमा आकाशको जून बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छभ्वाईस अफ नेपाल विजेता किरण गजमेर र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ कुनै बेला पर्खी बसें जस्तो सांगीतिक प्रेम कथाको फिल्म निर्देशन गरेर लोकप्रियता कमाएका दीपकले यो गीतको म्युजिक भिडियोमा पनि सांगीतिक प्रेम कथा पस्किएका छन्।
गीतको म्युजिक भिडियो फिल्मको गीत भन्दा कम लाग्दैन। गीतको म्युजिक भिडियोमा पुष्प खड्का र नव प्रस्तुति रक्षा बुढाथोकीका साथमा बालकलाकार काव्या गिरीले अभिनय गरेका छन्। सौरभ लामाको छायाकंन रहेको गीतको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्। आकर्षक स्थलहरूमा खिचिएको म्युजिक भिडियो राजाराम बुढाथोकीले निर्माण गरेका हुन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया