तीन महिनादेखि तलब नपाएको भन्दै वीर अस्पतालका सफाइकर्मी आन्दोलित

काठमाडौँ – वीर अस्पतालमा कार्यरत सरसफाइकर्मी आन्दोलित भएका छन् । दसैंमासमेत तलब नदिएको भन्दै उनीहरूले सोमबार बिहान अस्पताल परिसरमा नाराबाजी गरेका हुन् । सफाइको ठेक्का लिएको कम्पनीले तीन महिनादेखि तलब नदिएको सफाइकर्मी सरिता दुलालले बताइन् ।
दसैं मुखैमा आइसक्दा पनि तलब नदिएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ। ‘तीन महिनादेखि तलब पाएका छैनौँ । दसैंको मुखमा पनि तलब नदिएपछि बाध्य भएर नाराबाजी गर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘हामीले सहयोग मागेका होइनौँ । काम गरेको पारिश्रमिक देउ भन्दा पनि नपाएपछि हामीले दसैं कसरी मनाउने ? कोठा भाडा कसरी तिर्ने ?’
नाराबाजीका क्रममा प्रहरीले धरपकडसमेत गरेको उनले बताइन् । धरपकडका क्रममा केही सफाइकर्मी घाइते भएको उनको भनाइ छ । अहिले सफाइकर्मी र अस्पताल सरसफाइको ठेक्का लिएको नमस्ते गार्डेनिङबीच वार्ता भइरहेको छ । यस विषयमा नमस्ते गार्डेनिङका सन्चालक चेतप्रसाद घिमिरेसँग पटक–पटक सम्पर्क प्रयास गर्दा पनि फोन उठेन ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_apFrUAfbq4_8cnbatggna7xq4tr7vmzu9xsbvdzr1xswqkviaftggngybrqcmtehmog79zb.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया