दसैंमा चामलकाे जोहो गर्दै ओलानी गाउँका विपन्न परिवार

धनगढी - छिमेकी धान भित्र्याउन व्यस्त हुँदा कैलालीको गोदावरी नगरपालिका–१२ की लक्ष्मी विक चामलको जोहो गर्न व्यस्त छिन् । जमिनका नाममा घडेरीबाहेक केही नभएकी लक्ष्मीलाई दसैंमा मिठो मसिनो खाने आश नै छैन । दसैंभर पेटभरी भात खान पाउने गरी चामलको व्यवस्था भए उनकाे दसैं सप्रिने छ । त्यसैका लागि उनी चामलको जोहो गरिरहेकी छन् ।
‘मलाई त दसैं आएपनि नआएपनि केही फरक पर्दैन’ उनी भन्छिन्, ‘तर गाउँको चहलपहल देख्दा छोरी निराश हुन्छिन्, उनलाई भात खुवाउन चामलको जोहो गर्दैछु ।’ गाउँमा कसैको सानो तिनो काम गरेर उनीहरूले जे दियो त्यही खाएर दैनिकी गुजार्दै आएकी लक्ष्मीकी ९ वर्षकी छोरी छन् । ६ वर्षअघि श्रीमानको मृत्यु भएपछि उनलाई आफू र छोरीकाे भाेकाे पेट भर्न धौ-धौउ छ ।
‘गाउँमा रोजगारी पनि पाइदैन,’ लक्ष्मी भन्छिन्, ‘कसैको काम गरेपनि ज्याला पाइँदैन, त्यही बिहान बेलुकीको छाक टार्ने गरी खाना दिन्छन्, तर दसैंमा कसको काम गर्न जानु ? दसैंमा छिमेकी रमाइरहेका छन्,’ उनले भनिन्, ‘मलाई रमाउँला भन्ने छैन चामलको चिन्ता छ । छोरीले कपडा किन्ने भन्दा मन भारी भएर आउँछ ।’
गोदावरी नगरपालिका–११ की दुर्गा लुहारले दसैंका लागि चामलको जोहो गरेकी छन् । ‘वर्ष भरी जे जसरी जीवन निर्वाह गरेपनि दसैंमा त भात खानु पर्याे,’ उनी भन्छिन्, 'घरमा बुढाबुढीमात्रै छौँ, दुः ख गरेर दसैंका लागि केही पैसा जोहो गरेका छौँ, सवै रमाउँदा हामी बुढाबुडी किन दु;खी हुने ?’
कारोनाका कारण अलिअली भएको रोजगारी पनि गुमेको बताउँदै उनले समान्य अवस्थामा भात खानसमेत मुस्किल हुने गरेको सुनाइन् । ‘कोरोनाले बुढाको भएको रोजगारी पनि खाेसेर लग्यो, उनले दुखेसाे पाेखिन्, ‘बुढा कम्जोर भएर काम गर्न पनि सक्दैनन्, साहारा दिने कोही छैन ।’
गोदावरी नगरपालिका–१० की तारू विकले दसैंको मुखमा खाद्यान्न अभाव भएको बताइन् । ‘खेतवारी नहुँदा खाद्यान्न किनेर खानु पर्ने आवस्था छ,’ उनले भनिन्, ‘दसैंमा मिठो मसिनो खाने सपना अधुरै रहने जस्तोछ ।’ घरमा बुढा दम्पतीमात्रै हुँदा सहारा दिने कोही नभएको उनले गुनासो गरिन् । ‘दसैंका लागि केही पाइन्छकी भनेर वडा कार्यालय सम्म धाउँदै छौं,’ उनले भनिन्, ‘कसैले दिए दसैंमा खाने हो, नदिए सवैको दसैं हाम्रा लागि के काे दसैं भयाे ?’
तारूले दसैंमा मागेर खान पनि लाज लाग्ने गरेको बताइन् । ‘अरु वेला कसैको सकेको काम गरेर कसैलाई मागेर भएपनि गुजारा चलाउँदै आएका थियौँ,’ उनले भनिन्, ‘तर दसैंको वेला कसैको दैलोमा जान पनि सकिँदैन, दुनिँया रमाउँदा हामी दुःखी हुनुपरेको छ ।’
गोदावरी नगरपालिका–११ का वडा अध्यक्ष शिव विकका अनुसार वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानी क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास छ । आधा भन्दाबढी परिवार गरिबीको रेखामुनी छन् । उनीहरूले हरेक दसैंमा चामलको खोजी गर्नुपर्दछ ।
‘केही परिवारबाहेक अधिकांशसँग आफ्नो खेतीयोग्य जमिन छैन,’ अध्यक्ष विकले भने, ‘जमिन नभएकाहररू मज्दुरी गरेर जीविको पार्जन गर्दै आएका छन्, तर यस वर्ष कोरोनाका कारण धेरैले मज्दुरीसमेत गर्न पाएका छैनन्, जसका कारण दलित परिवारलाई दसैंमा पेटभरी भात खान समस्या भएको छ ।’

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_apFrUAfbq4_8cnbatggna7xq4tr7vmzu9xsbvdzr1xswqkviaftggngybrqcmtehmog79zb.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया