उपमेयरको घरमा भेटिइन् अपहरित बालिका

जनकपुरधाम : महोत्तरी मनरासिस्वा नगरपालिका ६ का विनोद गामीले छिमेकी एक बालिकालाई अपहरण गरी बलात्कारको प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ । बुधबार साँझ ६ बजेदेखि आफ्नै घर मनरासिस्वा नगरपालिका-६ सरपल्लोबाट बेपत्ता भएकी १४ वर्षीया बालिका ३ घण्टा पश्चात हाथ-खुट्टा बाँधिएको अवस्थामा गामीको कम्पाउण्डभित्र रहेकाे शौचालयमा फेला परेकी थिइन्।
गामी उपमेयर रमिता प्रधानका श्रीमान हुन् । बालिकाका सम्पर्कविहिन भएपछि आफन्तले स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको संयुक्त टोलीले खोज्दै जाँदा उपमेयरको घरको शौचालयमा बालिका भेटिएको पीडित बालिकाकी आमाले बताइन् ।
यता आरोपित गामीले भने आफूमाथि राजनीतिक प्रतिशोध साध्न यस्तो आरोप लगाइएको बताएका छन् । आफूहरूबीच पहिलादेखि नै विवाद रहेकोले षड्यन्त्रपूर्वक बदनाम गराउन निराधार आरोप लगाइएको उनले बताए । उनले घटनाको छानबिन पश्चात दोषी ठहरे सजाय भोग्न तयार रहेको बताए ।
यता घटनाबारे प्रहरीलाई सबै कुरा जानकारी गराउँदासमेत आरोपित गामीलाई पक्राउ नगरिएको पीडित बालिकाका आफन्तले बताए । पीडित बालिकाका अभिभावकसहित स्थानीयले इलाका प्रहरी कार्यालय वलवाबिरुद्ध नारावाजी गर्दै बिहीबार बिहानदेखि जलेश्वर-बर्दिवास सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषीलाई आवश्यक कारवाही गरिने जनाएको छ ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया