आइतबार थपिए ५९६ संक्रमित

काठमाडौँ - देशभर ५९६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार ४०४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५६५ र एन्टीजेन्ट विधिबाट १३ जनाकाे कोभिड परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ८७१ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै पछिल्लाे चाैबिस घण्टामा काेभिडले १० जनाको मृत्यु भएकाे छ । हालसम्म देशभर ११ हजार २३१ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १५ हजार २४ जना छन् ।
आईसीयूमा ३२२ र भेन्टीलेटरमा ११३ उपचाररत छन् । होम आईसोलेशनमा १३ हजार ८५९, संस्थागत आईसोलेशनमा ११६५ र क्वारेन्टाइनमा २३४ जना छन् ।

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

प्रतिक्रिया