बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बुटवलको मोतिपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

तनावग्रस्त मोतिपुर

बुटवल - बुटवलको मोतिपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ मोतीपुरमा भएकाे झडपलाई नियन्त्रणमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको हो ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय प्रहरीमाथि जाइलागेका थिए । सो क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । जसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना प्रहरीसमेत छन् ।

प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।