हस्तकलाका सामग्रीभित्र लागूऔषध ओसारपसार
काठमाडौँ - नेपाल प्रहरीको लागूू औषध नियन्त्रण ब्यूूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ । ब्यूूरोद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरिएको छ ।
ब्यूूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूूरो प्रमुख हृदयेश थापाले जानकारी दिए ।
लागूू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।
अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौँ महानगरपालिका–१४ बाट सुुजन श्रेष्ठलाई चरेश दिने सिन्धुुपाल्चोक लिसखुु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।
पर्सा सखुवापर्सोनी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूूरो सफल भएको छ । प्रहरीले मकवानपुुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो ।
उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । रासस
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_pXjGrhr8wv_cvzjkmt6kqyatmfyx2rtwn2lrydju2br2pewkbltt2l6qwc87safiy3lcqxk.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रतिक्रिया