विराटनगरमा टेलिकमको 'एनटीटिभी' सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकम विराटनगरले एनटीटिभीको सेवा सुरु गरेको छ। एउटै तारबाट टेलिफोन ईन्टरनेट तथा टेलिभिजन समेत हेर्न सकिने सुविधा शुभारम्भ गरिएको हो।
फाइबर नेटवर्कबाट गुणस्तरीय टेलिभिजन च्यानलहरु हेर्न सकिने गरि टेलिफोन र इन्टरनेटसहितको सुविधा नेपाल टेलिकमले प्रदेश १ मा नै पहिलो पटक सुरु गरेको टेलिकम विराटनगरले जनाएको छ ।
सेवा सुरु कार्यक्रमका नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले केहि समयअघि नै सेवा विस्तार गर्ने योजना रहेपनि भरपर्दो र गुणस्तरीयताका लागि आवश्यक तयारी र सफल परिक्षणपछि शुरु गरिएको बताए ।
कम्पनीले यो सेवालाई फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरुमा दशैं पछाडि र तिहार अघि नै शुरु गर्ने योजना लिएको छ। यसका साथै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जनाएको टेलिकम विराटनगरले जनाएको छ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_ZOkdgv5jZL_k4iaio6endt6zg3gpgavomxeye3k4y99s9uowc4ax7vcyz6xbwtimijotaid.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया