सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौँ - महिला लघुवित्तले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको असोज २२ गते बसेको सञ्‍चालक समितिको ३५औं बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई चुक्ता पूँजी १० करोडको (४५ प्रतिशत) ४ करोड ५० लाख बराबरको बोनस सेयर तथा ५ प्रतिशत अर्थात ५० लाख बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउनेछन् ।