मुक्तिनाथ रेमिटको भुक्तानी आइसीएफसी फाइनान्सको शाखा कार्यालयबाट

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आइसीएफसी फाइनान्सको शाखा कार्यालयबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आइसीएफसी फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ र आइसीएफसी फाइनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आइसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४ हजार ५०० भन्दा बढी झुक्तानी केन्द्रबाट गर्दै आइरहेको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम मेसिन प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

प्रतिक्रिया