उद्योगमन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं - नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान हमालले दिएको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान राजीनामा दिएका थिए । गैरसांसद हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । नाताले उनी राणाका जेठान हुन् ।
हमालले आफ्नो मन्त्रीमा नियुक्तिका विषयमा अनावस्यक विवाद उब्जाइएकोले मन्त्री पदमा बसेर आलोचना खेप्नु भन्दा राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्ष निकालेर राजीनामा दिएको बताए ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया