सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

कैलाली र बर्दिया जोड्ने सत्तिघाट पुल अस्थायी रूपमा सञ्‍चालमा

कैलाली - हुलाकी सडक अन्तर्गत रहेको कैलाली र बर्दिया जोड्ने सत्तिघाटको पुल अस्थायी रूपमा सञ्चालनमा आएको छ। पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गगल कुमार भण्डारीले बताए। पुल सञ्चालनमा आएपछि कर्णाली नदि तर्न प्रयोग गरिदै आएको स्टिमरको जोखिमपूर्ण यात्रा टरेको छ ।