सरकारमा काठमाडौंका मन्त्री नहुनु दुःखद : सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको मन्त्रिमण्डलमा काठमाडौंबाट प्रतिनिधित्व नहुनु दुःखद् भएको बताएका छन् । नेपाली कांग्रेस टोखा नगरपालिका–११ द्वारा शनिबार आयोजित दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सिंहले यस्तो बताएका हुन् ।
‘कांग्रेसले निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेकोमध्ये चार सिट जितेको काठमाडौंबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व नहुनु दुःखद् छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने । उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने र बलियो कांग्रेसका लागि कार्यकर्ताहरू पार्टीप्रति इमान्दार र जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
‘प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्छ र बलियो कांग्रेसका लागि कार्यकर्ताहरू पार्टीप्रति इमान्दार र जिम्मेवार बन्नुपर्छ । देशमा राजनीति मुद्दा अन्त्य भएकाले अब आर्थिक विकासको खाँचो छ,’ सिंहले भने । राजनीति गर्नेले न्यायको पनि ख्याल गर्नुपर्ने नेता सिंहको भनाइ छ । उनले कांग्रेसले दिएको पदीय जिम्मेवारी निर्वाहमा सबै नेता तथा कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने बताए ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया