राप्रपा अध्यक्ष कमल थापा ‘नइ किर्तिनिधि पुरस्कार’बाट पुरस्कृत

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ‘नइ किर्तिनिधी पुरस्कार’ बाट पुरस्कृत भएका छन् । पुर्वप्रधानमन्त्री किर्तिनिधि विष्टका नाउँमा स्थापित एक लाख रूपैयाँ राशिको सो पुरस्कारबाट थापा शनिबार पुरस्कृत भएका हुन् ।
‘इमानदार र अटल भएर अडिन गाह्रो छ , तर म त्यो अभ्यासमा छु,’ कार्यक्रममा मन्तव्य राख्दै थापाले भने । पुरस्कारबापत प्राप्त १ लाख रूपैयाँ आफुसँग आबद्ध सामाजिक सस्थालाई प्रदान गरी गरिब तथा जेहन्दार विद्यार्थीको अध्ययनका लागि सहयोग गर्नेसमेत उनले जानकारी दिए ।
पुर्वप्रधानमन्त्री विष्ट नेपाली राजनितीको शिखर व्यक्तित्व भएको भन्दै थापाले आगामी दिनमा पनि उनको चर्चा हुन जरुरी भएको बताए । थापालाई संस्कृति चिन्तक तथा शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार ग्रहण गरेका हुन् ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया