कृषि मन्त्रीले मल आइपुग्छ भनेको समयमा बल्ल भयो सम्झौता

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले मुलुकमा मल भित्रिसक्ने भनेर तोकेको समयमा बल्ल बंगलादेशसँग सरकारी तहमा मल खरिद गर्न सम्झौता भएको छ । ढाकास्थित नेपाल दूतावासको संयोजनमा कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डष्ट्रिज कर्पोरेसनबीच आज सम्झौता भएको बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले जानकारी दिए ।
बंगलादेशसँग नेपालले ५० हजार टन युरिया मल खरिद गर्न लागेको हो ।
बंगलादेशको उद्योग मन्त्रालयमा दुई देशका सरकारी कम्पनीबीच युरिया मल आपूर्ति र खरिद सम्बन्धि सम्झौता भएको हो । नेपालमा मल खरिदको ठेक्का पाएका कम्पनीले कोभिड–१९ को कारण देखाउँदै समयमा मल आपूर्ति गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको मध्यतिर बंगलादेशसँग रासायनिक मल पैंचो मागेका थिए । सुरुवातमा प्रधानमन्त्री तहको वार्तामा सकारात्मक छलफल भएपनि बंगलादेशमा मल पैंचो दिने कानुन नभएकाले समस्या भएको थियो । यसपछि नेपालले सरकारी तहमा खरिद गरेरै ल्याउने पहल अघि बढाएको थियो ।
मन्त्री भुषाले मंसीरको दोस्रो सातासम्म बंगलादेशबाट मल खरिद गरेर नेपाल ल्याइसक्ने उल्लेख गरेका थिए ।
यो पनि,
बंगलादेशसँग सरकारी तहमै मल खरिद गरिने

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

सुनचाँदीकै मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौँ पठाइयो

प्रतिक्रिया