नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

बझाङ- नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । बोहराले प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै जिल्ला सभापतिमा जित हासिल गरेका हुन् ।
बोहरा ८७७ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश भण्डारी ५०८ मत ल्याएका थिए । यस्तै उपसभापतिमा बर्क रोकाया र मानबहादुर कठायत विजयी भएका छन्। सचिवमा उत्तम रोकाया र झलक कठायत विजयी भएका छन् ।
सहसचिवमा उमाशंकर जोशी र राजेन्द्र धामी विजयी भएका छन् । दलिततर्फ सहसचिवमा सुनिल दमाई र मङल सुनार विजयी हुँदा पुरुष खसआर्यतर्फ अभिषेक सिंह विजयी भएका छन् ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया