हमालको नियुक्तिमा दाहाल ‘दूधको साक्षी बिरालो’

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारमात्रै उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्रीमा बाँकेका गजेन्द्र हमाललाई नियुक्त गरे । गैरसांसद उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान हुन् । धेरैले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदरको फैसलाको गुन तिर्न उनको सिफारिसमा जबराका जेठान हमाललाई मन्त्री बनाइएको बताइरहेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले मन्त्री बनाए पनि कांग्रेसकै नेताहरूले सार्वजनिक रूपमा विरोध गरिरहेका छन् । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने हमाललाई मन्त्री बनाइएको बारे चर्चा परिचर्चा गर्नुको कुनै तुक नभएको बताउँछन् ।
शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग दाहालले भने, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन ।’
गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालले बताए । ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने,’ दाहालले भने ।
तर, कांग्रेसका युवा नेता गगन थापाले भने गैरसांसदलाई मन्त्री बनाइएकोमा असहमति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने उल्लेख गरेका छन् ।
‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया