सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

अध्यादेशमा टेकेर बोलाइएको बैठकले गर्ने निर्णय मान्य हुन्‍न : डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ मा टेकेर गरिने कुनै पनि निर्णय मान्य नहुने बताएका छन् । नेता डा. कोइरालाले सामाजिक सञ्‍जाल ट्‍वीटरमा  अध्यादेशमा टेकेर संवैधानिक परिषदको बैठक बोलाइनु प्रधानमन्त्रीको बल मिच्याई भएको उल्लेख गरेका छन् । 

'चौतर्फी विरोध हुँदाहुदै पनी नयाँ अध्यादेशमा टेकेर संवैधानिक परिषदको बैठक बोलाइनु प्रधानमन्त्रीको बल मिच्याई हो।आज बस्‍ने परिषद् बैठकले गर्ने कुनै पनि नियुक्ती र निर्णय कांग्रेस पार्टीलाई मान्‍ने हुने छैन,' कोइरालाले ट्‍वीटमा लेखेका छन् ।