ब्रेकअपपछि पनि सँगै भिडियो गर्दै आकाश श्रेष्ठ र पूजा शर्मा

काठमाडौँ- ४ वर्षभन्दा बढी समय अफेयरमा रहेका आकाश श्रेष्ठ र पूजा शर्मा भर्खरै छुट्टिए । तर व्यक्तिगत सम्बन्ध जे जस्तो भए पनि म्युजिक भिडियोमा खेल्न भने नाइँनास्ती गर्ने गरेका छैनन् ।
यही क्रममा उनीहरुले क्लबमा नाचेको 'बिहे भा छैन' बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रुप दिएका छन् । उनले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन्।
पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ।गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ।
संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका उनले यसअघि एकै घरका सन्तान हामी, हिजोसम्म नसोचेको जीवन पाएँ आज, सबको भलो कर्म गर्न पाए हुन्थ्यो, मान्छेबाट मान्छे निचाजस्ता सार्थक गीतहरु रचना गरी बजारमा ल्याइसकेका छन्।
कर्म नामक एल्बममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन्। संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ।गीतकार सापकोटाले चाडबाडमा नाचगान गरेर रमाउन चाहनेहरुका लागि यो गीत राम्रो कोसेली हुने बताए। त्यसै गरी म्युजिक भिडियोका निर्देशक कविराज गहतराजले गीत डान्सिङ शैलीको भएकाले म्युजिक भिडियो पनि सोहीअनुसार तयार पारिएको बताए।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया