‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँधिने

काठमाडौं- अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेको हो ।
चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गरेकी थिइन् । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ । शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपले दाेस्राे पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए ।
नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एसोसियट निर्माता रहेको चलचित्रका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुवास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शीर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् ।
यो चलचित्रबाट राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ ।
‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा काम गरिरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताइएको छ । निर्माता सापकोटाका अनुसार यो चलचित्रबाट सिजापतिले नेपाली चलचित्रमा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेसनल ट्रेनरको रुपमा परिचित छन् ।
यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यु गर्दैछन् । यी सबै कलाकारहरु अडिसनबाट छानिएका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया