महत्वपूर्ण नेताहरूलाई समेट्न सकिएन: प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिँदा धेरै महत्वपूर्ण नेताहरू छुटेको स्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई योगदान दिएका साथीहरू छुटेकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई उचित भूमिका दिने आश्वासनसमेत दिए ।
प्रधानमन्त्री देउवाले शुक्रबार (हिजो) मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । तर महत्वपूर्ण नेताहरूलाई समेटन नसकिएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘भर्खरै सरकार बनेको छ । सरकारमा धेरै र महत्वपूर्ण साथीहरू छुटेका छन्,' उनले भने, 'पार्टीलाई योगदान दिएका साथीहरू छुटेका छन् । संयुक्त सरकार भएकाले सबैलाई समेटन सकिएन । भोलिका दिनमा सबैलाई समेटेर लैजानेछु ।’

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया