श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

काठमाडौँ - साहित्यकार श्रीराम राईद्वारा लिखित बालकथा संग्रह ‘पोलेको मकै’ पुस्तक बजारमा आएको छ । विशेषतः बाल साहित्यमा कलम चलाउने राईको बालकथा संग्रहमा बालमनोविज्ञानलाई विशेष प्राथमिकता दिएर लेखिएका पहाडी भेगका रमाइला र घतलाग्दा कथा समावेश छन् । लेखक राईले विद्यालय तहका सबै विद्यार्थीका लागि कथा संग्रह उपयोगी हुने बताए । उनकाअनुसार ‘पोलेको मकै’मा शिक्षामूलक अनि रमाइला बालकथा छन् ।
गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको कथा संग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून् चरी उडून्, पारुको पढाइ र बुबाको एसएमएसलगायत ७ कथा छन् ।
साहित्यकार राईले यसअघि टोली नेता (बालकथा संग्रह–२०७४), आजका लघुकथा (संयुक्त लघुकथा संग्रह–२०७४) आदि कृति प्रकाशन गराइसकेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ सिर्जनाकुञ्ज घर भएका लेखक राई हाल काठमाडौंमा साहित्यिक पत्रकारिता गरिरहेका छन् । बुक्स हिमालयले प्रकाशन गरेको ‘पोलेको मकै’का कथाहरूका चित्र राजकुमार प्रजापतिले कोरेका हुन् । बालकथा संग्रहको मूल्य ९९ रुपैयाँ छ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया