बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

यस वर्षको मनसुन बाहिरियो

काठमाडौँ - यस वर्षको मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको हो । नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ । 

विभागकाअनुसार हाल प्रदेश नं १ र बाँकी पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइईरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।