सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

दुर्घटनामा एकको मृत्यु

कैलाली- शुक्रबार राति मोहनापुल-अत्तरिया ६ लेन सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा धनगढीका एकजनाको मृत्यु भएको छ । 

अत्तरियाबाट धनगढी तर्फ जाँदै गरको से ६ प ६१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३६ वर्षीय बिमेश सिंहको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

धनगढी उपमहानगरपालिका १३ स्थित मोहनापुल अत्तरिया सडक खण्डको डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सिंहको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।