२० दिन पैदल हिँडेर बाँकेबाट काठमाडौँ आएकालाई प्रहरीले पक्रियो

काठमाडौँ - नेपालगञ्जदेखि न्याय माग्दै २० दिन हिँडेर काठमाडौँ आएका पीडित तथा अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार माइतीघरमा धर्ना दिइरहेका उनीहरूलाई बेलूकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अभियान्ता रुबी खान र ननकुन्नीको परिवारका सदस्य तथा राष्ट्रिय महिला अधिकार मञ्चका सदस्य रहेका छन् ।
ननकुन्नी धोबीको गत साउन ५ गते मृत्यु भएको थियो । मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीका लागि पनि न्याय माग्न उनीहरु पैदल हिँडेर आएका थिए । जिल्लामा न्याय नपाएपछि १६ जना सहभागी उनीहरू २० दिन पैदल हिँडेर काठमाडौँ आएका हुन् । असोज १ गते बाँकेबाट हिडेका उनीहरू २० गते काठमाडौँ आइपुगेका थिए ।
माईतीघरको आन्दोलनमा नागरिक अगुवाहरूले पनि साथ दिएका छन् । न्याय नपाएसम्म काठमाडौँबाट नजाने अडान लिएका छन् । काठमाडौँमा रहँदा उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृहमन्त्री र राष्ट्रपतिलाई भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया