महाकाली नदीमा बेपत्ता विष्टको शव फेला

दार्चुला – महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले शुक्रबार फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुंगे पुलनजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो ।
नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया