एक खर्ब ८० अर्बमा बिक्यो एयर इन्डिया, रतन टाटाले भने, 'वेलकम ब्याक'
काठमाडौँ - कर्जामा डुबेको भारतीय सरकारी एयरलायन्स आफ्नो पुरानो मालिकतिर पुगेको छ । बोलकबोलमा प्रतिस्पर्धीलाई उछिन्दै टाटा सन्सले एयरइन्डिया फिर्ता ल्याएको हो ।
भारतको सार्वजनिक सम्पत्ति तथा लगानी विभागका सचिव तुहीनकान्त पांडेले एक खर्ब ८० अर्ब भारतीय रुपैयाँमा एयरइन्डिया बिक्रीको घोषणा सुनाए । टाटासँगको यो सम्झौता डिसेम्बरको अन्तिमसम्ममा सम्पन्न हुने अनुमान छ ।
सरकारले एयरइन्डिया मात्रै बेच्दैन, यसको ग्राउन्ड ह्यान्डलिङ कम्पनी एयरइन्डिया स्याट्स प्रालिको ५० प्रतिशत सेयर पनि बेच्दैछ । मोदी सरकारको निजीकरण कार्यक्रममा हालसम्मकै ठूलो बिक्री भएको हो । बिक्रीसँग एयरइन्डियाको दुई खर्ब ३० अर्ब रुपैयाँ ऋण दायित्त्व पनि नयाँ मालिकको काँधमा जानेछ ।
टाटाले एयरइन्डिया फिर्ता पाउने भएपछि रतन टाटाले भावुक हुँदै ट्वीट गर्दै लेखेका छन्, 'वेलकम ब्याक, एयरइन्डिया ।'
ट्वीटमा उनले एउटा नोट पनि एट्याच गरेका छन् । त्यो नोटमा उनले भनेका छन्, 'टाटा ग्रुपले एयरइन्डियाका लागि बोली जित्नु राम्रो खबर हो । यसलाई पुन:निर्माण गर्न पक्कै मिहिनेत लाग्नेछ । आशा गरौँ, एभिएसन क्षेत्रमा टाटा ग्रुपको उपस्थितिले एउटा ठूलो अवसरको बजार उपलब्ध गराउनेछ ।
Welcome back, Air India 🛬🏠 pic.twitter.com/euIREDIzkV
— Ratan N. Tata (@RNTata2000) October 8, 2021

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया