सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग पाए, सांसद बन्‍ने सम्भावना नभएकालाई मन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेकी छिन् । संवैधानिक व्यवस्था अनुसार मन्त्री नियुक्त भएको ६ महिनाभित्र सांसद नभएमा स्वतः मन्त्री पद खारेज हुन्छ । तर हमाल ६ महिनामा सांसद बन्ने आधार देखिदैंन । सांसद नै नभएका र बन्ने सम्भावना पनि नभएका हमाललाई देउवाले टपक्क टिपेर मन्त्री बनाएपछि हमालको पृष्ठभूमिबारे सबैले चासो राखेका छन् । 

नेपालगञ्ज घरबारी टोलका हमाल देउवासँग लामो समयदेखि निकट छन् । तर त्यो भन्दा बढी उनी प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका जेठान हुन् । 

२०२७ सालमा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष बनेका थिए । २०३१ सालमा नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षका लागि वागी उम्मेद्वार बनेका थिए । २०५२ सालमा नेपाली कांग्रेस बाँकेको सभापति रहेका ठाकुर देउवाले नेपाली कांग्रेस फुटाएर गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति रहेका  थिए । उनी २०५७ सालमा नेपाली कांग्रेसले १६ जना जिल्ला सभापतिहरूलाई कारबाही गर्दा उनी पनि कारबाहीमा परेका थिए । उनेपाली कांग्रेसका नेता  स्वर्गी भाइराजा हमाल परिबारका साइला भाई हुन्, गजेन्द्र हमाल । भाइराज पञ्चायतकालमा एक दशक भन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए । 

देउवाको जोडबलमा २०६४ सालमा बाके क्षेत्र नं. १ बाट सांसदमा टिकट पाए पनि गजेन्द्र हमाल संविधानसभा निर्वाचनमा पराजित भए । चुनाव जित्न नसके पछि गजेन्द्रले नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने अभियान सुरु गरे । भारतबाट साधुसन्तहरुलाई बोलाएर गाउँ–गाउँमा धार्मिक जागरण अभियान सुरु गरेका हुन् । ६६ वर्षीय गजेन्द्र ३ पटक बाँकेबाट नेपाली काग्रेसको महासमिति सदस्यमा निर्वाचित भई सकेका छन् । नेपाली काग्रेसको तेहै महाधिबेशनका बेला भने  गजेन्द्र महाधिबेशन प्रतिनिधि कै चुनाबमा पराजित भएका थिए ।

यद्यपि मन्त्री बनेका हमालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत पराजित भएका छन् ।