सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

कात्तिक ४ बाट सामलिङ पावरको आइपिओ खुल्ने

काठमाडौँ - सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले सात लाख ३० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । 

निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत (३६ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत (१४ हजार ६०० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६ लाख ७८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि खुलाएको हो । 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कात्तिक ८ सम्म आवेदन दिन सकिने उल्लेख छ । कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माई खोलामा कूल ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ।