निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

काठमाडौँ - निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् ।
सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए ।
सुदर्शनले विवाहकाे प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।
सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया