बुद्धभूमिको आइपीओ बाँडफाँट, कसले कति पाए ?

काठमाडौँ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा कुल २० लाख ३० हजार नाै सय ५५ जनाले कुल दुई करोड ४४ लाख तीन सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ७४ हजार चार सयजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात खाली छ ।
१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार नाै सय २२ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव नाै सय ९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

दीपक माविका विद्यार्थी च्याउखेतीमा

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

प्रतिक्रिया