नेपालको पर्यटन अन्तर्राष्ट्रियस्तरमा चिनाउन 'साथसाथै' पेशागत महिलाहरु

पोखरा - विभिन्न क्षेत्रका महिलाहरुले अन्नपूर्ण आधार शिविर पुगेर नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न सन्देशमूलक कार्यक्रम गरेका छन् । महिलाहरुले अन्नपूर्ण आधार शिविरमा पुगेर राष्ट्रिय झण्डालाई फहराई पर्यटन क्षेत्रमा वृद्धि विकास गर्न र पर्यटन प्रर्वद्धन गर्नका लागि सन्देशमूलक कार्यक्रम गरेको हो ।
लामो समयदेखि कोभिड १९ महामारीले पर्यटन क्षेत्र समेत थला परेका बेला विभिन्न क्षेत्रका महिलाहरु पर्यटन क्षेत्रलाई प्रवद्र्धनको लागि अन्नपूर्ण आधार शिविर पुगेर कार्यक्रम गर्दै सकारात्मक सन्देश दिएका हुन् ।
साथसाथै संस्थाको आयोजनामा उनीहरु अन्नपूर्ण आधार शिविर पुगेका हुन् । संस्थाका अध्यक्ष प्रजिता कार्कीले अन्नपूर्ण बेस क्याम्पमा पुगेर आम नेपालीहरुलाई आफ्नै देशमा भएका विभिन्न पर्यटकीय क्षेत्रहरुको भ्रमण गरेर पर्यटन प्रवद्र्धन गर्न आग्रह गरेकी थिइन् ।
‘हामीलाई लामो समय कोभिड १९ महामारीले घर भित्रै बस्न बाध्य बनायो । तर अब भने हामी आफ्नै देशको प्रकृतिसँग रमाउन सिक्नुपर्छ’, उनले भनिन् ।
यस्तै झीनु भिलेज होटेल इभर ग्रीन रेस्टुरेन्टका सञ्चालक देवी प्रसाद आचार्यले कोभिडका कारण दुई वर्ष यता पर्यटन क्षेत्र ठप्प रहेका बेला पर्यटन क्षेत्रलाई नै पेशा बनाएका व्यवसायीहरुको रोजीरोटीमा गाह्रो परिरहेको बताए । उनले नेपालकै महिलाहरु भ्रमणमा आउँदा आफूलाई निकै खुशी लागेको पनि बताए ।
पर्यटन व्यवसायी बेम्बो टी हाउसका सञ्चालक सुकमाया गुरुङ पनि लामो समयदेखि पर्यटन व्यवसायीमा काम गर्दै आएकी थिइन् । साथसाथै संस्थाबाट पहिलो पटक अन्नपूर्ण आधार शिविरका लागि महिला दिदीबहिनीहरुलाई देख्दा खुशी लागेको उनले बताइन् ।
विशेष गरी नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन र आर्थिक रुपमै बलियो बनाउन र कोभिडकै कारण घरभित्र बस्न बाध्य महिलाहरु पनि पुरुष सरह पर्यटन क्षेत्रमा भ्रमण गरी स्वयंम महिला आत्मनिर्भर बनाउनका लागि यस कार्यको थालनी गरिएको हो ।
पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्धेश्यले १० दिन अन्नपूर्ण आधार शिविरमा पैदल यात्रा गरेर टोली काठमाडौँ फर्किएको छ । यात्राका क्रममा उनीहरुले पर्यटकीय क्षेत्रमा जथाभावी फालिएका फोहर प्लाष्टिकका कागज र डब्बाहरु जम्मा गरी पोखरा ल्याएर फोहोर फ्याक्ने गाडीमा व्यवस्थापन गरेको थियो ।

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_eHGAb2YAFk_x9kcz97lu2aikzxcakt7mhgvo3szhipudobivgw407dpsoxb7dtbwclnqxtz.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया