नेकपा एसको उपमहासचिवमा जगन्नाथ खतिवडासहित पदाधिकारी थपिए
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पार्टीको विभिन्न विभागका पदाधिकारी संख्याको टुंगो लगाएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो । बैठकले पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरी २५ सदस्य रहने साथै पार्टी पदाधिकारीमा चार जना नेतालाई मनोनयन गरेको छ ।
उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरेको छ । नेकपा एसले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ । स्थायी कमिटी बैठकले डा. बेदुराम भुषालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रीय कार्यालय सदस्य र ११ सदस्यीय केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गरेको निर्णयलाई आधिकारिकता दिने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडाले बताए । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ ।
७ असोजमा बसेको नेकपा एसको पहिलो केन्द्रीय कमिटीको बैठकले महासचिवमा डा.वेदुराम भुसालसहित केन्द्रीय पदाधिकारीहरू चयन गरेको थियो । माधव नेपाल अध्यक्ष रहेको पार्टीले ९ भदौमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया