नेकपा एसको स्थायी कमिटी बैठकले टुंग्याएन मन्त्रीको नाम

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठक सकिएको छ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने मुख्य एजेन्डासहित बसेको बैठकले मन्त्रीको नाम टुंग्याउन सकेन ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा मिलाउँदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एसले असन्तुष्टि जनाउँदै आएको छ ।
हालसम्मको सहमतिअनुसार नेकपा एसले सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र एक जना राज्य मन्त्री पाउने भएको छ ।
बिहीबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तागठबन्धन दलको बैठकमा नेकपा एसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया