दर्शकको स्वागत गर्ने तयारीमा सिनेमा हल (फोटो फिचर)

काठमाडौँ - दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।
काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेका हुन् ।
बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी दुई अंग्रेजी फिल्म रिलिज भएका थिए । तर पहिलो दिन यी दुवै फिल्म हेर्न दर्शकको चासो देखिएन । यद्यपि आज सरकारी बिदा थियो ।
आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदैछन् । २६ गते ‘डाँडाको बरपीपल’ रिलिज हुँदैछ भने त्यसको दुई दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ । यो फिल्मले भने दर्शक हलमा बोलाउने अपेक्षा गरिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया