आइपीएलले त्रिपाठीलाई सचेत गरायो

आइतबार साझँ इन्डियन प्रिमियर लिगमा कोलकता नाइट राइडर्सको जितमा महत्वपुर्ण योगदान गरेका ब्याट्सम्यान राहुल त्रिपाठीलाई उनको ब्याटिङको बिषयमा सचेत गराइएको छ । आवुधाबीमा सनराइजर्स हैदरावादसँगको खेलमा उनको ब्याटिङले आइपीएलको आचार संहिता उल्लघंन गरेको बताइएको छ ।
‘त्रिपाठीले आइपीएलको पहिलो श्रेणीको आचार संहिता उल्लघंन गरेको पाइएको छ । यसका लागि म्याच रेफ्रीको निर्णय नै अन्तिम हुनेछ,’ आइपीएलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कोलकाताका लागि ओपनिङमा आएका त्रिपाठीले १६ बलमा २३ रन बनाउदै शुभनम गिलसँग ४८ रनको साझेदारी गरेका थिए ।
बिजयी टोली कोलकाताका लागि लोकी फर्गुशनको बलिङ पनि महत्वपूर्ण रह्यो । उनले सुपर ओभरमा डेभिड वारनर र अब्दुल सामदको विकेट लिए । खेल दौरान उनले लिएको पाँच विकेटको मद्दतले कोलकाताले आफ्नो अकं दश पुर्यायो । यता सनराइजर्स भने ६ अकंका साथ पाचौ स्थानमा छ । र उसले प्ले अफमा स्थान नबनाउने सम्भावना बढ्दो छ । यसअघि कोलकाताले पूर्ब कप्तान दिनेश कार्तिकको अविजित २९ र कप्तान इयोन मोर्गनको ३४ रनको मद्दतले १ सय ६३ रन बनाएको थियो । (एजेन्सी)

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया