पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ - गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गएरातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।
यातायात अवरुद्ध हुँदा दशैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नु परेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो गाडीको लाम लागेको छ । यसैगरी नौबिसे-नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो । रासस

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया