भृकुटीमण्डपमा एमसीसीको विरोध

काठमाडौँ - एमसीसी परियोजना खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको हो । राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाए ।
प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाइदैन’ लगायतका नारा लगाएका थिए । यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया