नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला

काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे काठमाडौँ, बुलबुलेस्थित निर्माणाधीन घरबाट खसेका हुन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको बताए । ‘घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।’
चर्तुवेदीलाई २०६८ भदौ २१ मा प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको थियो । सर्वोच्च अदालतले १ करोड ३९ लाख २४ हजार ९ सय ६ रूपैयाँ ५ पैसा भ्रष्टाचार गरेको फैसला गर्यो । त्यसका अतिरिक्त त्यति नै रकम जरिवाना र डेढ वर्ष कैद सजायसमेत तोकेको थियो ।
उनी सरकारी संस्थानहरू नेपाल वायुसेवा निगम, आयल निगम, नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसीसीएन) र साल्ट ट्रेडिङका प्रमुख थिए । चतुर्वेदीले २०३२ मा एनसीसीएनमा असिस्टेन्ट इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका थिए ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया