दसैँ बजार : भक्तपुरमा जौँ र मकैको व्यापार

भक्तपुर - रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । 'जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।' उनले यसरी नै ग्राहक बटुल्छिन् । दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, 'मोहनी नखा(दसैं) मा जौँ र मकैकाे जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।'
चाँगुनारायण नगरपालिकामा उनकाे खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दसैंकाे माैका छाेपेर बेच्न हिँडेकी हुन् । टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् ।
उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन् । 'यो आफ्नै खेतमा उत्पादन भएको हो । दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ,' उनी भन्छन्,' पहिले वर्षको १०/१० पाथी मकै र जाैँ बेच्थे । अहिले व्यापार कम छ ।' उनी ३० रुपैयाँ मानामा जाैं बेचिरहेका छन् ।

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

प्रतिक्रिया