स्वीडेनद्वारा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई मोडेर्ना खोप स्थगित

कोपेनहेगन, डेनमार्क- स्वीडेनका स्वास्थ्य अधिकारीहरूले बुधवार मोर्डनाको कोभिड -१९ विरुद्धकोको खोप ३० बर्ष वा सो भन्दा कम उमेरका मानिसहरूमा लगाउन बन्द गरेका छन् । अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउँन हाललाई स्थगित गरिएको छ ।
स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउँन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ । गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप लगाउँने अनुमति प्रदान गरेको थियो । युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउँन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउँन भने अनुमति दिइएको छैन । (एपी)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया