बनेपामा प्राविधिक प्रहरी टोलीसहित तालिम प्राप्त कुकुरद्वारा जाँच

बनेपा – दसैं, तिहार नजिकिँदै गर्दा प्रहरीले सुरक्षा व्यवस्थालाई थप सबल, सदृढ र प्रभावकारी बनाएको छ । प्रहरीले चाडपर्वको समयमा हुनसक्ने अपराध, अवैध चोरी–निकासी, लागूऔषध ओसारपसार तथा बिक्री–वितरण एवम् दुरुपयोग हुन सक्ने भएकाले बुधबारदेखि जिल्लाको विभिन्न स्थानमा सुरक्षा गतिविधि थप बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका मुख्य राजमार्ग अरनिको र बीपी राजमार्गमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरू र मानिसको बढी भीडभाड हुने संवेदनशील मानिएका स्थानहरू बनेपा र धुलिखेल नगर क्षेत्रभित्रका विभिन्न स्थानमा शान्तिसुरक्षाका कार्यलाई अगाडि बढाएको बताए ।
सो क्रममा प्रहरीले जिल्लास्थित सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थालगायत तरकारी, बजार, डिपार्टमेन्टल स्टोर, धार्मिक तथा पर्यटकीयस्थल, जिल्लाको महत्वपूर्ण प्रतिष्ठान र लोकमार्ग भएर चल्ने सवारी साधनहरूमा लागूऔषध र विस्फोटक पदार्थ (पटका) ओसारपसार हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै तालिम प्राप्त कुकुरसहितको प्राविधिक प्रहरी टोलीद्वारा जाँच गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
चेकजाँचका क्रममा विस्फोटक पदार्थ तथा कुनै पनि शंकास्पद गतिविधि फेला नपरेको र जिल्लाको शान्तिसुरक्षाको अवस्था सामान्य रहेको बताउँदै उनले सुरक्षा योजनाअन्तर्गत विभिन्न चरणमा भिन्नभिन्न खालका सुरक्षा जाँचसम्बन्धी कामलाई निरन्तरता दिइने जानकारी दिए ।
चाडपर्वको बेला सबैलाई बिदा हुने र सरकारी कार्यालयहरू बन्द हुने र मान्छेको आवतजावत पनि कम हुने भएकाले अपराधका काम बढ्ने सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाएको उनको भनाइ छ । दसैं, तिहारको समयमा बीपी राजमार्ग हुँदै पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित पूर्वीतराईका जिल्लाबासीहरू राजधानी काठमाडौंबाट बाहिरिने गरेका छन् ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया