मुख्यमन्त्रीलाई कारबाहीकाे माग : सिके राउतका कार्यकर्ताले घेरे अख्तियार कार्यालय

जनकपुरधाम - प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीकाे माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले महोत्तरीको बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् ।
बुधबार जनमत पार्टीका नेता कार्यकर्ताहरूले साइकल खरिदमा भएकाे अनियमितताकाे निष्पक्ष रूपमा छानबिन र मुख्यमन्त्री राउतकाे कारबाहीकाे माग गर्दै अख्तियारकाे कार्यालय घेराउ गरेका हुन् ।
जनमतका नेता कार्यकर्ताहरूले जनकपुरधामबाटै माेटरसाइकल जुलुस प्रदर्शन र चर्काे नाराबाजी गर्दै अख्तियारकाे कार्यालय पुगेका थिए । पछिल्लाे साता 'बेटी बचाऊ, बेटी पढाउ’ अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरणका लागि खरिद गरिएका साइकलमा अनियमितता भएकाे आशंकामा अख्तियारले छापा मारेकाे थियाे । छापा मारेपछि अनुसन्धानका लागि अख्तियारको टोलीले विभिन्न फाइलहरू नियन्त्रणमा लिएको थियो ।
त्यसयता मुख्यमन्त्री राउतकाे बचाउमा सतारूढ दल जनता समाजवादी पार्टी र कारबाहीकाे माग गर्दै जनमत पार्टीले प्रदर्शन गर्दै आएका छन् ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया