खुम्बुमा पर्यटकको चलहपहल बढेसँगै व्यवसायी उत्साहित

सोलुखुम्बु - संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै व्यववसायी उत्साहित बनेका छन् । लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पा बताउँछन् । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।
गतवर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुनः प्रभावित बनाएको थियो । कोभिडका कारण दुई वर्ष यता पर्यटक आवगमन ठप्प जस्तै बनेको खुम्बुमा यसवर्ष सुरुवातै चरणबाटै पर्यटक आउन थालेकाले व्यवसायीहरू खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाइ छ ।
उनका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यसवर्ष तीन गुणाले पर्यटन भित्रिने आशा व्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरी दैनिक १५ देखि ६० जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया