कतारकी आस्मा अल थानी अक्सिजनविना मनास्लुको चुचुरोमा

काठमाडौँ- कतारकी शेखा आस्मा अल थानीले अरब विश्वका लागि नयाँ कीर्तिमान राखेकी छन् । उनले अक्सिजनको सहाराविनै ८ हजार १ सय ३६ मिटर अग्लो हिमाल मनास्लु आरोहण गरेकी हुन् । यस्तो सफलता पाउने उनी पहिलो अरबी महिला हुन् । यसअघि अरब समुदायबाट कोही महिलाले पनि ८ हजार मिटर भन्दा अग्लो हिमाल विना अक्सिजन आरोहण गर्न सकेका थिएनन् ।
‘मनास्लु हिमालको शिखरमा पहिलो पटक कतारी झण्डा पुगेको छ । मलाई मेरो सपनाको तागत थाहा थियो । मैले कहिल्यै पनि सपनालाई सानो घेरमा सीमित राखेको थिइँन । मलाई आरोहणमा सहयोग गर्ने क्लेयर मर्फी, पिएर डानियल र निर्मल पुर्जालाई धन्यवाद भन्न चाहन्छु,’ आस्माले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।
आस्माको सफलामता कतारी ओलम्पिक कमिटी पनि रमाएको छ । ‘समस्त कतारबासीलाई बधाइ छ । हाम्रो झण्डा ८,१६३ मिटर अग्लो चुचुरोमा पुगेको छ,’ कमिटीले ट्वीट गर्दै भनेको छ ।
विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि आस्माको नजर सगरमाथातर्फ छ । उनी विश्वकै अग्लो हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बन्ने ध्येयमा छिन् । उनले सन् २०१८ र सन् २०१९ मा नर्थ पोल र एकोनकागुवाको सफल आरोहण गरिसकेकी छन् ।
Congratulations to all of Qatar 💪🇶🇦. Our flag waves high at an altitude of 8163 meters above sea level. Qatari mountain climber @atalthani reaches the summit of Mount Manaslu, 8th tallest mountain in the world and the first arab women to climb an 8000s without O2. 💪🇶🇦 pic.twitter.com/RQGgMVTLf0
— Team Qatar 🇶🇦 (@qatar_olympic) September 28, 2021

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया