भाडादर समायोजनको माग राख्दै सार्वजनिक यातायात महासंघ धर्नामा

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ धर्नामा बसेको छ । वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल धर्नामा बसेको हो ।
भाडादर समायोजन तथा यातायातको समग्र समस्या समाधान गराउन उच्च स्तरीय आयोग/प्राधिकरण तत्काल गठन गर्न माग गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरमा महासंघले धर्नादिएको महासंघका केन्द्रिय उपाध्यक्ष कान्छाराम थिङले जानकारी दिए ।
यसअघि प्रदेशको भौतिक मन्त्रालयसँग पटकपटक छलफल गरेर भाडादर समायोजन सम्बन्धी नियमावली बनाइए पनि कार्यान्यवनमा ढिलाई भएको भन्दै सार्वजनिक यातायात व्यवसायी महासंघ आन्दोलिन हुनुपरेकोे हो ।
संघीय सरकारले अन्तर प्रदेश चल्ने सवारीको भाडादर २८ प्रतिशतले वृद्धि गरेको छ । प्रदेशको स्थानीय तह तथा छोटो रुटमा चल्ने सवारीको भाडादर प्रदेशले समायोजन नगर्दा व्यवसायीहरुआन्दोलित भएका हुन् । संघ सरकारको बढाएको २८ प्रतिशत भाडा वृद्धि गरेर प्रदेशको स्थानीय तह तथा छोटो रुटमा भाडा लिन सुरु गर्दा राज्यपक्षबाट धरपकड हुँदै आएको महासंघको उपाध्यक्ष थिङले बताए ।
उनले अनिश्चितकालको लागि धर्ना मन्त्रालय अगाडि सुरु भएको जानकारी दिए । बागमती प्रदेश सरकारले भाडा समायोजनको लागि गठन गरेको समितिको अध्ययन प्रतिवेदन विश्लेषण गरेर मात्रै भाडादर निर्धारण गर्ने जनाएको छ । ३९.५ प्रतिशत भाडादर वृद्धि गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई अध्ययन समितिले प्रतिवेदन बुझाएको महासंघका उपाध्यक्ष थिङले बताए ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

प्रतिक्रिया