कोभिडविरुद्धको फाईजर खोप दशैँलगत्तै

काठमाडौँ- फाईजरको कोभिडविरुद्ध लगाइने एक लाख फाईजर खोप तिहार अगाडि ल्याइने भएको छ । दशै पछाडि तथा तिहारअघि फाईजरको खोप ल्याइने भएकाले परिवार कल्याण महाशाखाले खोप भण्डारण शाखालाई निर्देशन दिएको छ ।
खोप आयात भएमा खोप भण्डार गर्न तयारी अवस्था रहेको सेवा विभाग अन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । 'परिवार कल्याण महाशाखाबाट तिहार अघि खोप नेपाल ल्याइने जानकारी प्राप्त भएको छ,' थापाले भने,' खोप भण्डार गर्नका लागि आवश्यक संरचना पनि तयार भइसकेको छ । 'थापाले नेपाललाई १ लाख ६ सय खोप प्राप्त हुने इकागजलाई जानकारी दिए ।
उक्त खोप अल्ट्रा लो टेम्प्रेचरमा राख्न मिल्ने गरी प्राविधिक रुपम व्यवस्थापन गरिएको छ । उक्त फ्रिजमा माईनस ७०-८० डिग्रीको तापक्रमसम्म व्यवस्थापन गर्न सकिने गरी तयारी गरिरहेको थापाले बताए । फाईजर खोप राख्न सय लिटरको चार वटा फ्रिज ल्याइएको छ । उक्त फ्रिज युनिसेफले उपलब्ध गराएको हो ।
डेढ करोड बढी खोप भित्रियो
भारतबाट अनुदानस्वरुप प्राप्त १० लाख कोभिसिल्ड खोप नेपाल भित्रिएसँगै गत वर्षको माघ १४ गतेदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब डेढ करोड पुगिसकेको छ । हालसम्म एक करोड ६१ लाख ४२ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप, खरिद गरी १० लाख र कोभ्याक्स मार्फत ३ लाख ४८ खोप ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन, फाइजरको कोभ्यान्टिक र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति दिएको छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया