बेपत्ता युवती झुन्डिएको अवस्थामा फेला

सप्तरी - सप्तरीको रुपनी गाउँपालिका ६ स्थित शनिमन्दिर नजिकै जंगलमा २० वर्षीया युवती झुन्डिएको अवस्थामा भेटिएकी छिन्। रुपनी गाउँपालिका-२ रायपुरका खेलानन्द चौधरीको छोरी चाँदानी चौधरी रुखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
घाँस काट्न गएका स्थानीयहरूले युवती झुन्डिएको देखेपछि गरेकाे खबरकाे आधारमा प्रहरी घटना स्थल पुगेको थियाे । मृतक युवतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।
घटनाको विषयमा थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक युवती गत शनिबारदेखि बेपत्ता भएकी थिइन् ।

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

प्रतिक्रिया