चीनले थप १० लाख सिनोभ्याक र ५० लाख युआनको मेडिकल सहायता दिने

काठमाडौँ– चीनले कोभिड–१९ नियन्त्रण र यसविरुद्धको लडाइँमा नेपाललाई थप सहयोग घोषणा गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप १० लाख डोज सिनोभ्याक खोप अनुदानमा र ५० लाख युआन बराबरको मेडिकल सामग्री अनुदान उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
५० लाख युआन बराबरको मेडिकल सामग्री र लजिस्टिक सहायता कोभिड–१९ को सम्भावित तेश्रो लहरसँग लड्नका लागि उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै चीनले नेपाली सेनालाई ३ लाख थप खोप अनुदान दिने भएको छ । नेपालको खोप अभियानमा सबैभन्दा ठूलो योगदान चीनबाट प्राप्त खोपको रहेको छ । अहिलेसम्म वितरितमध्ये आधा अर्थात् ८३ लाख चिनियाँ खोप वितरण भएको छ । यसका अतिरिक्त, चीनले यसअघि अनुदान घोषणा गरेको १६ लाख खोप अक्टोबर २०, २२ र २३ मा प्राप्त हुने स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए ।

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

प्रतिक्रिया