यौन शोषणको आरोपमा कानुन व्यवसायी पक्राउ

उदयपुर - उदयपुर प्रहरीले एक जना कानुन व्यवसायीलाई यौन शोषणको आरोपमा नियन्त्रणमा लिएको छ । एकल महिलालाई यौन शोषण गरेको आरोपमा बेलका नगरपालिका- ७ रामपुरठोक्सिला स्थायी घर भई गाईघाटमा बस्दै आएका सुमन भनिने किरण केसीलाई प्रहरीले पक्राउ गरेको हो । केसी नेपाल बार एसोसिएसन जिल्ला सदस्य पनि हुन् ।
चौदन्डीगढी नगरपालिका- ८ सिद्धिपुर निवासी पीडित महिलाले आफूलाई १० वर्षदेखि बन्धक बनाई यौन शोषण गर्दै आएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी छन् । उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरी केसीमाथि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । विवाह गर्ने प्रलोभन दिएर यौन शोषण गरेको र आफूले विदेशबाट कमाएर ल्याएको पैसा पनि खाएको पीडित महिलाको आरोप छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया